सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुटेर अलग अलग बाटोमा हिँडिसकेपछि ठक्कर खाएर अब बुद्धि फिरेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकारहरूसँगको कुराकानीका क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
उनले २०७२ सालमा बाबुरामले माओवादी छाडेर गएपछि दुवैजनाले अनेक ठक्कर खाएको पनि बताएका छन्।
'पार्टी फुटेर अलग अलग हिँड्दा हामीले धेरै ठक्कर खायौँ, देशले पनि दु:ख पायो', उनले भने, 'हामी (बाबुराम र म) मिलेर देशलाई पनि राहत दिन सकिन्छ भनेकाले मिलेका हौँ।'
उनले नेपाली उखान उद्धृत गर्दै पार्टी फुटेर ठेस लागिसकेपछि अब बुद्धि फिरेको पनि बताएका छन्।
'ठेस लागेपछि बुद्धि बढ्छ भने जस्तै हामी दुईजना फुटेपछि हाम्रो बुद्धि फिरेको छ', उनले भने, 'जीवनभर ठेस त लागिरहन्छ तर बुद्धि फिरेर हामी एक ठाउँमा उभिएका छौँ। अब चुनावपछि पार्टी एकता पनि हुन्छ।'
Shares

प्रतिक्रिया