ad ad

राजनीति


सहमतिपछि प्रचण्ड-बाबुराम, नारायणकाजी र महिन्द्रको हाँसो

सहमतिपछि प्रचण्ड-बाबुराम, नारायणकाजी र महिन्द्रको हाँसो

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १६:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्रराय यादवबीच सहमति जुटेको छ।

मंगलबार माओवादी केन्द्रकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि सिट बाँडफाँटमा सहमति जुटेको हो।

सहमतिपछि चार नेताले मुस्कानसहित संयुक्त तस्वीर खिचाएका छन्। 

माओवादीको गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न बाबुराम तयार भएका छन्।

सोही अनुसार निर्वाचन आयोगमा दल दर्ता पनि भएको छ।

प्रचण्डसँग सहमति भएपछि अब बाबुराम भट्टराईले पाउने सिट संख्याबारे छलफल हुनेछ।

स्रोतका अनुसार अब गठबन्धनमा नेसपालाई पनि सहभागी गराउने सहमति जुटिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .