ad ad

राजनीति


जापानमा प्रचण्डले भने : देशका निम्ति मर्छुभन्दा पनि सुख पाइँदैन

जापानमा प्रचण्डले भने : देशका निम्ति मर्छुभन्दा पनि सुख पाइँदैन

जापानमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
साउन २२, २०७९ आइतबार १८:५२, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई तीनवटा पक्षको विकासमार्फत समृद्ध बनाउन सकिने बताएका छन्। 

'समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतवार जापानको राजनधानी टोक्योमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'नेपालमा जलविद्युत्, कृषि र पर्यटनमार्फत समृद्धि ल्याउन सकिन्छ। जापानले जस्तै कृषिमा लगानी गरे नेपाल समृद्ध हुन्छ', उनले भने, 'नेपालमा कृषिलाई प्राथमिकता दिन बजेट पनि त्यहीअनुसार ल्याएका छौँ। कृषिलाई अघि बढाए नेपाल आत्मनिर्भर हुन सक्छ।'

उनले देशभित्र राजनीतिक स्थिरता र स्थायित्व बनाउन लागिरहेको पनि बताए। 'विस्तारै हामी त्यो दिशातिर प्रगति गर्दैछौँ', दाहालले भने, 'कृषिलाई हामी समृद्धिको प्रमुख आधार बनाउन त्यहीअनुसार लगानी गर्दैछौँ, जापानकै शैलीमा देशलाई कृषि, विद्युतीकरण र पर्यटनबाट विकास गर्न तयार छौँ।'

दाहालले विधि र पद्धतिमा कसरी चल्ने यो सबै कुरा जापानबाट सिकेर नेपालमा लागु गरिने पनि बताए। 

उनले आगामी निर्वाचनको घोषणापत्र देशलाई समृद्ध बनाउने गरी ल्याउने पनि बताए। 'निर्वाचन घोषणापत्र देशलाई समृद्ध बनाउने गरी तयार गर्छौँ', उनले भने, 'तपाईंहरुका कुरा सुनेपछि हामी तिनलाई पनि समेटेर बनाउछौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .