खेल


पब्जी प्रतियोगिता : नेपालमा ई–स्पोर्ट्सको बढ्दो क्रेज

‘पब्जीबाट मात्रै ५ करोड बढी भित्रियो’
पब्जी प्रतियोगिता : नेपालमा ई–स्पोर्ट्सको बढ्दो क्रेज

लक्ष्मी जि.सी
साउन २३ , काठमाडौँ

  • २०७७ कात्तिकमा दुई नेपाली टोलीले पब्जी खेलेरै लाखौँ राशीको पुरस्कार हात पारे। नेपाली पब्जी टिम एबरुप्ट स्लेयर्स (एएसएल)ले पब्जी मोबाइल प्रो–लिग साउथ एसियाको विजेता बनेर ४० हजार डलर अर्थात् करिब ४७ लाख ४० हजार रुपैयाँ पायो। त्यसकै उपविजेता बनेर अर्को नेपाली टोली ‘द रियल सोल्जर्स’ले २० हजार डलर अर्थात् करिब २३ लाख ७० हजार रुपैयाँ जित्यो। समग्रमा दुई नेपाली टोलीले ७१ लाख जिते। 
  • २०७८ साउनमा पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल पीएमडब्लुआई प्रतियोगितामा नेपालको डीआरएस गेमिङले ७७ लाख ९७ हजार रुपैयाँ पुरस्कार हात पार्यो। १६ टिम सम्मिलित प्रतियोगितामा डीआरएस आठौँ स्थानमा आउन सफल भएसँगै उक्त पुरस्कार हात पारेको थियो। २० खेलमा डीआरएसले २ चिकेन डिनर र ७३ किलसहित १४४ अंक बनाएको थियो।

पछिल्लो समय इ–स्पोर्ट्स अर्थात् इलेक्ट्रोनिक खेलमा विश्वभरका युवाको आकर्षण बढ्दो छ। त्यसमा नेपाली युवा पनि पछि छैनन् भन्ने उदाहरण हो यो। 

भिडियो गेमहरुबाट गराइने प्रतियोगिता जितेरै नेपाली युवाले लाखौँ आम्दानी गर्न थालेका छन्। नेपालमा इ–स्पोर्ट्सले चर्चा कमाउन थालेको धेरै नभए पनि यसप्रतिको क्रेज बढ्दै गएको देख्न सकिन्छ। 

के हो इ–स्पोर्ट्स? 
इ–स्पोर्ट्स अनलाइनबाट खेलिने खेल हो। अन्य खेलकुद प्रतियोगिताजस्तै यसमा पनि विभिन्न स्वरुपका स्पर्धाहरु हुन्छन्। व्यावसायिक खेलाडीहरुबीच मल्टिप्लेयर भिडियो गेम प्रतियोगिता हुन्छन्।

अर्थात् टिम बनाएरै प्रतियोगिता आयोजना हुन्छन्। इस्पोर्ट्सअन्तर्गत हुने भिडियो गेमका मख्य विधाहरुमा मल्टिप्लेयर ब्याटल एरेना (मोबा), फर्स्ट पर्सन शूटर (एफपीएस), फाइटिङ, कार्ड, ब्याटल रोयल र रियल टाइम स्ट्राटेजी (आरटीएस) खेलहरु रहेका छन्। 

अहिले त अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय इस्पोर्ट्स फ्रेन्चाइजहरु हुनथालेका छन्। तिनमा लिग अफ लेजेन्ड्स, डोटा, काउन्टर स्ट्राइक, भ्यालोरेन्ट, ओभरवाच, स्ट्रिट फाइटर, पब्जी, सुपर स्म्यास ब्रोज र स्टार क्राफ्ट चर्चित छन्।

विश्वव्यापी रुपमै लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसिप, डोटा टुज इन्टरनेशन, इभोलुसन च्याम्पियनसिप सिरिज (ईभीओ) इन्टेल एक्सिट्रम मास्टर्सजस्ता प्रतियोगिता हुनथालेका छन्। त्यसैगरी यसका आफ्नै लिगहरु समेत हुन्छन्। 

नेपाली च्याम्पियन टोली।

नेपालमा बढ्दो क्रेज 
इ–स्पोर्ट्समध्ये पनि पब्जी नेपालमा लोकप्रिय हुँदै गएको छ। मोबाइलमा पब्जी, फ्रि–फायरमा बालबालिका समेत व्यस्त देखिन्छन्। 
कोभिड–१९ को महामारीमा यो खेल बढी चर्चामा आएको नेपाल इ–स्पोर्टस् संघका अध्यक्ष सुरज डंगोल बताउँछन्। 

उनले नेपालखबरसँग भने, ‘पब्जी मोबाइल पपुलर भएको २०१८–१९ मा हो। कोभिडको समयमा पनि पब्जी धेरै चर्चामा आयो। पब्जी, फ्रि–फायरलगायतको खेल यसमा हुन्छ।’

पब्जी एसियामा प्रसिद्ध भिडियो खेल हो। युरोपतिर भने सीओडीजस्ता खेल चर्चामा रहेको उनले बताए। यस्ता खेल खेलाउने कम्पनीले धेरै प्रतियोगिता र विज्ञापन गर्ने गरेका छन्। 

संघ नै स्थापना गरेर प्रवर्द्धन 
विशेष गरेर इ–स्पोर्ट्स खेललाई प्रवर्द्धन गर्नका लागि सन् २०१६ मा नेपाल इ–स्पोर्ट्स संघ नै स्थापना भएको छ। सन् २००८ मा दक्षिण कोरियामा इन्टरनेसनल ई–स्पोट्र्स महासंघ (आईईएसएफ) गठन भएपछि औपचारिक रुपमा प्रतियोगिताहरु हुनथालेका थिए। 

नेपाल इस्पोर्टस् संघ सन् २०१६ मा यसको सदस्य बन्यो। यस्तै ग्लोबल ई–स्पोट्र्स महासंघ (जीईएफ) को सदस्यता नेपालले सन् २०१९ मा लियो। नेपाल ई–स्पोर्ट्स संघले सन् २०१८ मा नेशनल च्याम्पियनसिप नै आयोजना गरेको थियो। 

नेपालमा पनि समूह नै बनेर यो खेल खेल्ने थुप्रै छन्। डीआरएस गेमिङले लामो समयदेखि नेपालमा पब्जी खेलाउँदै आएको छ। 

केही समयअघि दुईपांग्रे निर्माता टीभीएसले नेपालमा इस्पोर्ट्समा प्रायोजन गरेको थियो।

खेलाडीले परिवारको साथ पाउन थाले
यो खेलको सुरुवातमा लाग्दा खेलाडीले परिवारकै साथ पाउँदैनथे। तर पछिल्लो समय यसको क्षेत्र पनि फराकिलो भएको र यसबारे बुझेपछि परिवारले पनि साथ दिन थालेको बताउँछन् खेलाडीहरु।

इ-स्पोर्ट्स खेलाडी संगीन भट्टराई अहिले सबैको साथ पाएको अनुभव गर्छन्। उनले भने, ‘सुरुवात जसको पनि उस्तै हो पछि विस्तारै राम्रो गर्दै जाँदा साथ पाइन्छ।’ 

इन्टरनेट, मोबाइलबाट खेलिने भएकाले यसमा खर्च पनि निकै गर्नुपर्छ। कसरी जुट्छ त त्यसको खर्च? भट्टराई भन्छन्, ‘प्रतियोगितामा कति प्रायोजकसँग लिन्छौँ, कति आफैँले खर्च गर्छौँ।’ 

उनका अनुसार क्वालिफायर भएर खेल्न जाँदा आउने जाने सबै खर्च आईईएसएफले व्यहोर्छ । त्यसमा ४ जना खेलाडीले एकैपटक खेल्न पाइन्छ। तर आधिकारिक रुपमा ६ जना खेलाडी राख्न पाइने भएकाले डीआरएसमा ६ खेलाडी छन्। यसमा खेलाडीहरु सम्झौतामा रहने गरेका छन्। 

हरेक वर्ष खुल्ला छनोट प्रतियोगिता हुन्छ यसमा जसले राम्रो खेल्छ उनीहरु नै छनोटमा जाने गरेका छन्। 

‘पब्जीबाट मात्रै ५ करोड बढी भित्रियो’ 
इ–स्पोर्ट्सका अफिसियल खेल जिते धेरै पुरस्कार आउने खेलाडी तथा यससम्बद्ध अधिकारीहरुको भनाइ छ। नेपालमा पब्जीबाट मात्र ५ करोडभन्दा बडी पैसा भित्रिएको भट्टराईको दाबी छ। 

उनले भने, ‘सुरुवातमा नाफा हुन्छ भन्ने हुँदैन, टिमले जति राम्रो खेल्यो उति राम्रो हुँदै जाने हो। यसमा प्रायोजकहरुलाई कसरी आकर्षित गर्ने भन्ने नै मुख्य कुरा हो। आम्दानीको स्रोत भनेको नै पुरस्कार र प्रायोजक हो। कुनै टिमलाई फाइदा हुन्छ, कुनैलाई हुँदैन।’ 

२०/२५ वटा टिमले खेल्छन् व्यावसायिक पब्जी
नेपालमा व्यावसायिक र अफिसियल पब्जीको प्रतियोगिता खेल्ने २०÷२५ वटा टिम छन्। नेपाल, पाकिस्तान, मंगोलिया, बंगलादेशले एसियाली क्षेत्रको स्पर्धामा भाग लिन्छन्। यसको विजेताले विश्वकपजस्तै प्रतियोगिता खेल्न जान्छन्। 

ई–स्पोर्ट्सका लागि सरकारले अहिलेसम्म लगानी केही लगानी नगरेको संघका अध्यक्ष डंगोल गुनासो गर्छन्। 

उनले भने, ‘नेपालको ट्रेडिसनल गेममा नै सरकारको लगानी छैन भने अरु खेलमा कसरी होला र!’

सरकारले लगानी नगरे पनि एसियन ​गेम्सको छनोटमा केही सहयोगका लागि संघले राखेपको ढोका ढकढक्याएको उनको भनाइ छ। 

‘तर राखेपमा दर्ता भएको खेललाई मात्र पठाउने भन्न जवाफ संघले पायो’, उनले भने।  

कस्तो छ एसियन गेम्सको तयारी? 
एसियन गेम्सका लागि नेपालले छनोट चरण सक्याएको छ। बाँकी तयारीका लागि साउथ एसियाको टोलीसँग मैत्रीपूर्ण खेल मिलाइरहेको अध्यक्ष डंगोलले बताए। 

इ–स्पोर्ट्स अहिले नयाँ खेल जस्तै छ। त्यसैले पनि यसको स्कोप बढी भएको उनको भनाइ छ। 

‘यो खेलमा शारीरिकभन्दा पनि माइन्ड गेम भएकाले दिमागको धेरै प्रयोग हुन्छ’, उनले भने, ‘यो खेलमा दिमागको प्रयोग त हुन्छ नै इन्टरटेनमेन्टको पार्ट पनि महत्वपूर्ण छ। एक पटक हुने प्रतियोगितामा ५ हजारभन्दा धेरै सहभागी हुन्छन्।’

साउन २३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad