नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भेट गरेका छन्।
ओली निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए।
गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए।
भेटमा स्थानीय निर्वाचनको समीक्षा हुनुको साथै अगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले बताए।
साउन २२, २०७९, आइतबार
45
Shares
प्रतिक्रिया