ad ad

राजनीति


विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा : प्रचण्ड

विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा : प्रचण्ड

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ११:७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको बताए।

काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित एक विद्यालय भवनको आइतबार समुद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पुरा नहुने बताएका हुन्। उनले आफ्नो पार्टीले चुनावमा शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको उल्लेख गर्दै त्यसलाई पुरा गर्न सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारका लागि छुट्याउनुपर्ने बताए।

उनले सरकारले प्रविधिमैत्री व्यवसायीक शिक्षा उपलब्ध गराउने योजना सहित व्यवसायीक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी समेत दिए। उनले शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको समेत बताए।

अध्यक्ष दाहालले प्राविधिक र व्यवसायीक शिक्षाको विकास गरी देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले सामुदायिक विद्यालयमा प्राविधिक र व्यवसायीक शिक्षा उपलब्ध भएपछि रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .