ad ad

राजनीति


जापानमा प्रचण्डले भने– विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेतर्फ बहस भइरहेको छ

जापानमा प्रचण्डले भने– विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेतर्फ बहस भइरहेको छ

नेपालखबर
साउन २१, २०७९ शनिबार १३:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा भएका नेपालीलाई मतदानको अधिकार दिनेतर्फ बहस भइरहेको बताएका छन्। 

जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ को उद्घाटन समारोहमा सहभागी हुँदै प्रचण्डले सो कुरा बताएका हुन्। ‘अहिले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं,’ प्रचण्डले भने, ‘अहिले विधेयक संशोधन गर्दा पनि विदेशमा रहेका नागरिकलाई नेपालीलाई सहज हुनेगरी विधेयक संशोधन गरेका छौं।’

साथै, उनले नेपाल जापान सम्बन्धलाई सम्वर्द्धन गर्ने कुरामा आफ्नो जोड हुने बताए।

‘नेपाल जापान सम्बन्धलाई अझै बलियो बनाउन के गर्न सकिन्छ भन्नेमा नै मेरो जोड छ,’ प्रचण्डले भने, ‘आउने ५ दिनको मेरो बसाई त्यसैको निम्ति केन्द्रीत हुनेछ।’

अबको निर्वाचनपछि बनेको सरकारले आर्थिक विकासलाई प्राथमिकता दिएर जाने उनले बताए। 

जसरी हामीले राष्ट्रिय एकता कामय गर्दै संविधान निर्माण, निर्वाचन र राष्ट्रिय विकास गर्ने बेला भएको भन्दै जापानमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए।

प्रचण्ड राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट भ्रमण टोलीसहित शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थल पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .