राजनीति


एमाले र ओलीको नाम नलिई कटाक्ष

एमाले र ओलीको नाम नलिई कटाक्ष

नेपालखबर
साउन २१, २०७९ शनिबार १३:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पटकपटक जनमत अपमान गर्नेविरुद्ध गठबन्धन गर्नुपरेको बताएका छन्।  

उनले नाम नलिईकन नेकपा एमाले तथा यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कटाक्ष गर्दै आफूहरूले गठबन्धन गरेर देशलाई ठूलो दुर्घटनाबाट बचाएको दाबी गरे। 

एमाले अध्यक्ष ओलीले दुईतिहाइनजिक बहुमतको सरकार नेतृत्वका गरेका बेला दुईदुई पटक प्रतिनिधि सभा विघटन गरे पनि सर्वाेच्च अदालतले त्यसलाई बदर गरेको थियो। 

आज काठमाडौं क्षेत्र नं १ स्थित गुह्येश्वरी माविको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा चुनावको मिति (मंसिर ४) तोकिसकिएकाले मुलुकमा निर्वाचनको माहोल बन्दै गएको बताए। साथै उनले आश्वासनको पछाडि नलागी वास्तविकता बुझेर अघि बढ्न सबैलाई आग्रह गरे। 

गलत काम अरू दलले गर्ने तर त्यसको मारचाहिँ कांग्रेसले खेप्नुपरेको दाबी उनले गरे। मुलुकमा संकट पर्दा जहिले पनि कांग्रेसले अवसर पाउँदा पार लगाएको दाबी पनि उनले गरे। 

उनले कांग्रेस समृद्धिको योजना बोकेको पार्टी भएको दाबी पनि गरे। 

कार्यक्रममा नेता सिंहले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आफूले प्रयास गरिरहेको उल्लेख गर्दै आफ्नो क्षेत्रमा भएका सबै सामुदायिक विद्यालयको पूर्वाधार विकासमा आफूले विशेष ध्यान दिएको बताए। 

उक्त विद्यालय भने पनि कांग्रेस नेता सिंहकै पहलमा बनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .