ad ad

राजनीति


कार्यदलले साउन मसान्तभित्रै सिट बाँडफाँटको प्रस्ताव पेश गर्नुपर्ने

कार्यदलले साउन मसान्तभित्रै सिट बाँडफाँटको प्रस्ताव पेश गर्नुपर्ने

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १३:९, काठमाडौँ

सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।

समितिमा रहेका एक सदस्यका अनुसार साउन मसान्तसम्म सिट बाँडफाँटको प्रस्ताव पेश गर्ने समयसीमा दिइएको छ।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटका लागि गठबन्धनबीच भागबण्डा हुनेछ।

शुक्रबार बसेको गठबन्धनको बैठकले कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेको ११ सदस्यीय सिट बाँडफाँट समिति बनाएको छ।

समितिले शनिबारदेखि काम थाल्ने भएको छ।

‘प्रतिनिधि र प्रदेश सभाका सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति बनेको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘साउन मसान्तभित्र बाँडफाँटको मोडेल र प्रस्ताव पेश गर्ने समयसीमा पाएका छौँ।’

ती नेताले बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान पार्टीले गठबन्धनको लागि प्रयास गरिरहेको बेला पाँच दलले भने गठबन्धनबाहेकलाई सहभागी नगराउने निर्णय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .