ad ad

राजनीति


चिनियाँ राजदूत यान्छीसँग गृहमन्त्री खाणले भने : नेपाल एक चीन नीतिका पक्षमा छ

चिनियाँ राजदूतले गरिन् गृहमन्त्रीसँग शिष्टाचार भेट
चिनियाँ राजदूत यान्छीसँग गृहमन्त्री खाणले भने : नेपाल एक चीन नीतिका पक्षमा छ

गृहमन्त्री खाणसँग शुक्रबार शिष्टाचार भेट गर्दै चिनियाँ राजदूत यान्छी


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १३:७, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन्। 

गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भयो। 

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए।

‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए। अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो। 

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताए। 

सरकारले बिहीबार मात्रै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकामा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन्। 

जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाका पक्षमा चीन सदैव रहने उल्लेख गर्दै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन्। 

उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .