राजनीति


समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो : पुन

समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो : पुन

नेपालखबर
साउन ८ , काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन्। 

उनले आगामी संघीय निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने प्रष्ट पारे।

आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको दाबी गरे।

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं।’

कांग्रेससहितको पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने तयारी भइरहेको बेला नेता पुनले कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने प्रष्टिकरण दिए।

कांग्रेसले एक्लै चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्ने निर्णय गरेपछि माओवादीको आधिकारिक आवाज पुनले बोलेका हुन्।
‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ उनले थपे।

चुनावी मोर्चा बनेपनि कसैसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको उनले बताए।

समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने र त्यसको नेतृत्व समाजवादी केन्द्रले गर्ने पुनले ठोकुवा गरे।

‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनले थपे, ‘एमाले कता जाने उसैले निर्णय गर्ला।’

साउन ८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.