नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता र समाजवादी केन्द्र भन्नु उस्ताउस्तै भएको बताएका छन्।
शनिबार जनकपुरधाममा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
‘वामपन्थी एकता भयो भने समाजवादी केन्द्रजस्तै हुनसक्छ। वामपन्थी एकता भन्नु र समाजवादी केन्द्र भन्नु उस्तै उस्तै हो’, प्रचण्डको भनाइ छ
उनले आफूहरुको समाजवादी केन्द्रको मोर्चामा उपेन्द्र यादव पनि आउन कुनै समस्या नभएको बताए। ‘चुनावी मोर्चामा उपेन्द्र यादवपनि हुनुहुन्छ। समाजवादी केन्द्र बनाउँदा उहाँलाई आउन कुनै अप्ठेरो छैन्’, उनले भने।
प्रचण्डले गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका समूहसँग एकताको प्रयास भइरहेको बताएका छन्।
साउन ७, २०७९, शनिबार
प्रतिक्रिया