राजनीति


विप्लवलाई प्रचण्डको आग्रहः ढिलो नगरी आउनुहोस्, नत्र गल्ती हुन्छ

विप्लवलाई प्रचण्डको आग्रहः  ढिलो नगरी आउनुहोस्, नत्र गल्ती हुन्छ

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ११:२३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवन्धित विप्लव नेकपालाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन–२०७६’लाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

पार्टी र व्यक्तिको नामै नलिईकन प्रचण्डले समाजवादको बाटो तय भएको हुँदा शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्।

‘केही साथीहरु यता सुदूरपश्चिमतिर बल गर्नुभएको थियो, अब उहाँहरुको केही जोर चल्दैन, ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘उहाँहरुले गल्ती गर्नुभा‘छ, आउनुहोस्, मूलधारमा आएर जनताको विकास र समृद्धिको काममा एकताबद्ध भएर समाजवादी अभियानतिर जान पाइएको छ। म ती साथीहरुलाई अनुराेध गर्दछु, धेरै ढिलो नगरौँ, गल्ती हुन्छ।’

अध्यक्ष प्रचण्डले अर्को प्रसंगमा कर्मचारीका कार्मचारीकै कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताए। सबै कर्मचारी केन्द्रमै बस्न चाहेका कारण कर्मचारी संयोजनको विषय ‘हात्ती छि¥यो पुच्चर अड्कियो’जस्तो भएको उनको भनाइ थियो।

‘कर्मचारीहरु संघमा मात्रै बस्न चाहान्छन्, प्रदेश र स्थानीय तहमा जानै मान्दैनन्’, अध्यक्ष प्रचण्डले भने, ‘पुरानो लेयरमा काम गरेका कर्मचारीलाई सम्माजनक बिदा गर्ने अवस्था पनि छैन।’ उनले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा कर्मचारीलाई बिदा गर्नुपर्नेमा आफूले नसकेको समेत प्रस्ट पारे।

सेना समायोजन, हतियार व्यवस्थापन, शान्ति समायोजन लगायत महत्वपूर्ण काम सम्पन्न गरे पनि कर्मचारी व्यवस्थापनमा दुई तिहाइको सरकार चुकेको उनको भनाइ थियो।

उनले केन्द्रदेखि जिल्लाहरुसम्म लगानी सम्मेलन हुँदै आएको बताउँदै लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने समेत बताए। उनले आदर्शका कुरा गर्न भन्दा पनि वातावरण बनाउनुपर्ने बताए। संरक्षण गर्न नसकेखि विदेशी पुँजी भित्रुनुको सट्टा स्वदेशी लगानी नै बगेर बाहिर जाने बताए। उनले व्यवसायीक क्षेत्रलाई सन्तुष्टि बनाएर लगानीको वातावरण बनाउनुपर्ने बताए।

उनले उपयुक्त वातावराण् नभए स्वदेशी व्यवसायीबाट गलत सन्देश जाने र त्यसले विदेशी लगानी आउने बाटो बन्द गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad