काठमाडौंको नयाँबजारस्थित विभिन्न कार्यालयबाट नगद कार्यालय सामान चोरी भएको छ।
एडभेञ्चर माउण्टेन कार्यालयबाट शुक्रबार ल्यापटप २ थान, नरी सप्लायर्सबाट नगद ५० हजार रुपैयाँ र क्लासिक कार्गो अफिसबाट ल्याप्टप १ थान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरील जनाएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया