राजनीति


प्रचण्डलाई प्रश्न : आरजूलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमति भएको हो?

कुनै गिरोहले चलाएको अपराधिक हल्ला मात्र हो : प्रचण्ड
प्रचण्डलाई प्रश्न : आरजूलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमति भएको हो?

नेपालखबर
साउन ७, २०७९ शनिबार १३:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे अनावश्यक भ्रम फैलाएको भन्दै सचेत हुन आग्रह गरेका छन्। 

शनिबार जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डलाई सञ्चारकर्मीले  ‘दिल्लीमा आरजुलाई प्रधानमन्त्री र शेरबहादुरजीलाई राष्ट्रपति बनाउने सहमति भएको हो’ भनी प्रश्न गरेका थिए। 

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले उक्त कुरा गलत भएको बताए। ‘यो सब हावा कुरा हो, एक प्रकारको भ्रम फैलाउने, कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो’, प्रचण्डले भने,  ‘त्यो हुनसक्ने कुरा पनि होइन।’

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि उपचारका क्रममा दिल्लीमा भएको र सोही बेलामा दूतावासमा भेट भएको स्पष्टीकरण प्रचण्डको छ।

‘मलाई दूतावासमा ब्रेकफास्टका लागि बोलाइएको थियो,’ प्रचण्डले भने, ‘त्यहाँ उहाँलाई पनि निम्ता रहेछ। दूतावासमा एकछिन ब्रेकफास्ट गर्ने बेलामा सँगै बसेका मात्र हौं। त्यसलाई धेरै हल्लाको रूपमा प्रचार गर्ने काम भयो।’

प्रचण्डले दिल्ली भ्रमणबारे अन्तर्राष्ट्रियस्तरसम्म हल्ला फैलाएको भन्दै आपत्ति जनाए। 

‘अन्तर्राष्ट्रियस्तरमा समेत लगिएछ। मोदीले त्यो कारणले नभेटेको हुँदै होइन। यस्ता वाहियात, षडयन्त्रका प्रचारबाट सचेत हुन आग्रह गर्छु’, प्रचण्डले भने।

चुनावपछि गठबन्धनको प्रधानमन्त्री प्रचण्ड कि आरजू?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad