राजनीति


सशस्त्र प्रहरीका ९६ इन्सपेक्टरलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरीका ९६ इन्सपेक्टरलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
साउन ५, २०७९ बिहिबार १९:०, काठमाडौँ

सशस्त्र प्रहरीका ९६ जना प्रहरी निरीक्षकलाई महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका हुन्।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो समय जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम विकासमा योगदान पुर्याउन निर्देशन दिँदै बढुवा भएका अधिकृतहरूलाई हार्दिक बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .