राजनीति


भारतीय विदेश मन्त्रालयले भन्यो– प्रचण्डको भारत भ्रमण दुई पार्टीबीचको

भारतीय विदेश मन्त्रालयले भन्यो– प्रचण्डको भारत भ्रमण दुई पार्टीबीचको

नेपालखबर
साउन ५, २०७९ बिहिबार १८:४२, काठमाडौँ

भारतीय विदेश मन्त्रालयले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमण भारतीय जनता पार्टी र माओवादी केन्द्रबीचको छलफलको पाटोको रुपमा भएको जनाएको छ। 

नियमित पत्रकार सम्मेलनमा भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘हो, प्रचण्ड यहाँ आएका थिए। भ्रमणमा के कुराकानी भए भन्ने मैले टिप्पणी गर्नसक्ने अवस्थामा छैन। यो दुई राजनीतिक दलबीचको भ्रमण आदानप्रदान हो। हाम्रा विदेशमन्त्रीसँग पनि उनको भेट भयो। प्रचण्ड भाजपा कार्यालय पुग्दा विदेशमन्त्री पनि पुगेका थिए।’ 

प्रवक्ता बागचीले भ्रमणमा द्विपक्षीय मुद्दामा पनि छलफल भएको बताए। माओवादी अध्यक्ष प्रचण्ड गत शुक्रबारदेखि आइतबारसम्म भारत भ्रमण गरेका थिए। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा उनी भारत गएका थिए। प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार र भाजपा अध्यक्ष नड्डासँग बेग्लाबेग्लै भेट गरेका थिए। 

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने तय भएपनि अन्तिम समयमा रद्द भएको थियो। स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसंग बोल्दै प्रचण्डले मोदीसंगको भेट रद्द भएपनि आफूलाई कुनै तनाव नरहेको बताएका थिए। उनले आफूलाई भारतले प्रधानमन्त्री भएर भारत जाँदाको जस्तै सम्मान दिएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad