राजनीति


आर्थिक संकट संघीयताले होइन, गठबन्धनले निम्त्यायाे : शंकर पोखरेल

आर्थिक संकट संघीयताले होइन, गठबन्धनले निम्त्यायाे : शंकर पोखरेल

नेपालखबर
साउन ४, २०७९ बुधबार १६:६, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनका कारण देशमा आर्थिक संकट आएको बताएका छन्। 

बुधबार अनलाइनका सम्पादकहरूसँग नेकपा एमाले प्रचार विभागले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संघीयताका कारण नभइ गठबन्धनका कारण आर्थिक संकट आएको जिकिर गरे।

‘हामीले बनाएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी नै हाम्रो हो’ उनले भने, ‘अहिलेको आर्थिक संकटको कारण संघीयता होइन, पाँच दलीय गठबन्धन हो। संघदेखि प्रदेशसम्म मन्त्रीको ओइरो लगाएर संघीयतामाथि गठबन्धनले प्रश्न उठाउने अवस्था ल्यायो।’

उनले एमालेलाई मित्र मानेकाले नै अन्तर्घात गरेको बताए। तैपनि एमाले असफल नभएको उनको जिकिर छ।

‘एमाले सबै मोर्चामा असफल भएको इन्डिकेटरले देखाउनु पर्यो’ उनले भने, ‘एमाले एउटा मामिलामा असफल भयो। मित्र मानेकाले अन्तरघात गरे।’

महासचिव पोखरेलले एमालेले आफ्नो नीतिअनुसार अन्य दलसँग सहकार्य गर्ने पनि स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad