ad ad

राजनीति


केन्द्रीय सदस्यमा हारेका र सांसद भइसकेका नै प्रधानन्यायाधीशको रोलक्रममा छन्ः रिजाल

केन्द्रीय सदस्यमा हारेका र सांसद भइसकेका नै प्रधानन्यायाधीशको रोलक्रममा छन्ः रिजाल

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ६:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले पार्टीको केन्द्रीय सदस्यमा पराजित भएकाहरु नै प्रधानन्यायाधीशको रोलक्रममा रहेको बताएका छन्।

न्यायपरिषदका सदस्य पदम वैदिकले न्यायाधीश हुनका लागि परिषदबाट राजीनामा दिएको प्रसंग उल्लेख गर्दै उनले त्यो आश्चर्यको कुरा नभएको बताएका छन्।

पार्टी केन्द्रीय सदस्यमा हारेका, केन्द्रीय आयोगमा बसिरहेका र सांसद भइसकेकाहरु नै प्रधानन्यायाधीशको रोलक्रममा रहेको बताउँदै उनले न्याय परिषदको सदस्यले न्यायाधीश बन्न खोज्नु आश्चर्यको विषय नभएको बताएका हुन्। 

रिजालले कांग्रेसको केन्द्रीय सदस्यको चुनाव हारेका कुमार रेग्मी, पूर्व एमालेमा अनुशासन आयोगको सदस्य रहेका हरि फुयाल र एमालेबाटै सांसद भैसकेकी सपना प्रधान मल्लतर्फ संकेत गर्दै उनीहरू न्यायाधीश बन्नु आश्चर्यको विषय भएको बताएका हुन्।

‘पदम वैदिकले न्यायाधीश हुन् न्याय परिषद् सदस्यबाट राजीनामा दिनुभएछ। जहॉ पार्टीको केन्द्रीय सदस्य हारेका, केन्द्रीय आयोगमा बसिरहेका र पार्टीबाट सांसद भइसकेकाहरू प्रधानन्यायाधीशको रोलक्रममा बसेका छन्, त्यहॉ न्याय परिषद् सदस्यले न्यायाधीश बन्न खोज्नु कुन आश्चर्यको कुरा भयो र?’, शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा नेता रिजालले लेखेका छन्।

वैदिकले एक वर्ष कार्यकला बाँकी रहेकै समयमा बुधबार न्यायपरिषद्का सदस्य पदबाट राजीनामा दिएका हुन। उनले न्यायाधीश बन्नकै लागि परिषदको सदस्यबाट राजीनामा दिएको चर्चा चलिरहेका बेला नेता रिजालको यस्तो धारणा सार्वजनिक भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .