नक्कली प्रमाणपत्र पेश गरी साल्ट ट्रेडिङमा जागिर खाएर सहायक म्यानेजर तहमा पुगेको अभियोगमा मनोजकुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सेवा प्रवेशको समयमा झाले सन् १९९८ मा मगध विश्वविद्यालय, बोधगयाबाट बीएस्सी गरेको मार्कसिटसहित सबै आवश्यक कागजात पेश गरी २०६४ सालदेखि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा नियुक्ति लिएका थिए।
नक्कली कागजात नै पेश गरी सहायक प्रबन्धक पदमा समेत बढुवा भएको विषयमा अख्तियारले अनुसन्धान गरेको थियो।
विश्वविद्यालयका नक्कली प्रमाणपत्र बुझाएर साल्ट ट्रेडिङमा जागिर खाई बढुवा नियुक्ति भई ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएपछि अख्तियारले अदालतमा मुद्दा दर्ता गराएको हो।
3
Shares

प्रतिक्रिया