जनकपुरको सोना सति मन्दिरअगाडि सर्वसाधरणसँग पैसा उठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेका प्रतीक कुमार चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने चौधरी उपमहानगर २४, स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा पैदलयात्रुसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाईलबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले ज२ प ७३२४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
पक्राउ परेका चौधरीलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया