ad ad

राजनीति


पाँच दलीय गठबन्धनले देशलाई नै झगडिया बनाइसक्यो : केपी ओ‌ली

पाँच दलीय गठबन्धनले देशलाई नै झगडिया बनाइसक्यो : केपी ओ‌ली

नेपालखबर
साउन ४, २०७९ बुधबार १२:१३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तारुढ पाँच दलीय गठबन्धनले देशलाई नै झगडिया बनाइसकेको बताएका छन्। 

एमालेको बागमतीस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

ओलीले राज्यका संस्था र अंगहरु पनि अपवित्र पाँच दलीय गठबन्धनका मतियार भएका गुनासो गरे। 

'राज्यका अंगहरुलाई जथाभावी दबाब दिइएको छ। भनेको काम नगरे त्रास र आतंकभित्र राखियो, दुरुपयोग गरियो।
महाअभियोग जस्ता कुराहरु लगाउने, मुद्दा हाल्ने र झगडिया खडा गर्ने काम गठबन्धनले गरेको छ', उनले भने, 'दे‍शलाई नै गठबन्धनले झगडिया बनाएको छ। यो देशमा अरु विषयको त पढाइ बन्द गरे हुने भयो कानुनबाहेक।'

उनले यी सबै विकृतिको समाधान अब समयमा निर्वाचन भएको पनि बताए। 'यी सबै कुराको समाधान समयमा निर्वाचन गराउनु हो', उनले भने, 'समयमा हामीले निर्वाचन गराउनुपर्छ। निर्वाचन परिणामबाट साँचो अर्थमा देशभक्त, देशका लागि काम गर्ने सरकार आओस्, लोकतन्त्रको रक्षा र विकास गर्न सरकार चाहिएको छ।' 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .