ad ad

राजनीति


कांग्रेसको निष्कर्ष : अर्थतन्त्र बिग्रिएको छैन, नागरिकमा भय सिर्जना गरियो

कांग्रेसको निष्कर्ष : अर्थतन्त्र बिग्रिएको छैन,  नागरिकमा भय सिर्जना गरियो

नेपालखबर
साउन २, २०७९ सोमबार १७:३३, काठमाडौँ

नेपाली कांग्रेसले अर्थतन्त्र नबिग्रिएको निष्कर्ष निकालेको छ। एक सातासम्म चलेको केन्द्रीय कार्य समिति बैठकमा छलफलपछि कांग्रेसले अर्थतन्त्रबारेमा अनावश्यक भय फैल्याइएको पनि दाबी गरेको छ।

'देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आमनागरिकमा अस्वभाविक ढङ्गले भय सृजन गर्ने काम भैरहेको छ', कांग्रेसले भनेको छ, 'आमनागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था, मुख्य समस्या, चुनौतीहरु र जोखिम न्यूनिकरणका उपायबारे श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ। अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरि कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ।' 

कांग्रेसले अनेक राजनैतिक चुनौती पार गर्दै मुलुकलाई सही मार्गमा ल्याइपुर्‍याउन सफल नेतृत्व गरेको पनि जनाएको छ। 'कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ', कांग्रेसले भनेको छ, 'त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रहसाथ यो बैठक जनजीविका र सुशासन लगायत विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .