ad ad

लुम्बिनी


पानी नपरेपछि पश्चिम नवलपरासीमा किसानले जनप्रतिनिधिलाई बाँधे

पानी नपरेपछि पश्चिम नवलपरासीमा किसानले जनप्रतिनिधिलाई बाँधे

सुदीप भण्डारी
साउन २, २०७९ सोमबार १७:३३, बुटवल

वर्षा नभएपछि पश्चिम नवलरासीको सरावलका किसानले आफ्नै जनप्रतिनिधिलाई बाँधेका छन्।

उनीहरुले सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, पूर्वसांसद रामलखन हरीजन, वडा नं ४ का अध्यक्ष सुरेस यादव लगायतका जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्याएका हुन्।

पानी नपरेर समस्या पर्दा पहिले पहिले गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो। अहिले जनप्रतिनिधि नै गाउँका अगुवा भएकाले स्थानीयले बाँधेर लगेका हुन्। मन्दिर पुगेर जनप्रतिनिधिले पूजा अर्चना गरेका छन्।

गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा किसानले आफूहरुलाई बाँधेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए।

वर्षा याममा लामो समय पानी नपर्दा स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने र उनीहरुले मन्दिरमा पूजा गर्ने प्रचलन रहेको अध्यक्ष चौधरीले उल्लेख गरे।

पानी नपरेपछि तीन दिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिन्छन् भन्ने स्थानीयमा विश्वास छ।

पश्चिम नवलपरासीमा रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .