ad ad

राजनीति


सर्वोच्चको आदेश : कैदी बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई भोट हाल्न दिनू

सर्वोच्चको आदेश : कैदी बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई भोट हाल्न दिनू

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार १७:३८, काठमाडौँ

सर्वोच्च अदालतले कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न दिन आदेश दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउँदै गर्दा सर्वोच्चले गत बिहीबार उनीहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई भनेको हो। 

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अस्थायी मतदाता नामावली बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ भोट हाल्न दिने गरी व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो। 

कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न पाउने व्यवस्था गर्न आदेश माग्दै निशान्त पोखरेलसहितले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगलाई यस्तो भनेको हो।

सर्वोच्चले मतदाता नामावली ऐन २०७३ को दफा ३० (१) र (२) को अस्थायी मतदाता नामावली व्यवस्था कार्यान्वयन गर्न  पनि आयोगलाई भनेको छ। त्यसैगरी सर्वोच्चले आगामी निर्वाचनका लागि कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीको अस्थायी मतदाता विवरण जुटाउन पनि सरकार आयोगलाई भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .