ad ad

कोशी


प्रदेश १ मा कोरोना संक्रमण बढ्याे, मोरङ कारागारका ५४ जना संक्रमित

प्रदेश १ मा कोरोना संक्रमण बढ्याे, मोरङ कारागारका ५४ जना संक्रमित

नेपालखबर
साउन १, २०७९ आइतबार १७:२१, विराटनगर

प्रदेश १ मा कोरोना संक्रमण बढेको छ। प्रदेश १ मा पछिल्लो २४ घण्टामा मात्रै ८१ जनामा कोरोना संक्रमण देखिएको छ। 

प्रदेश १ स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ७४ जना र एन्टिजेन परीक्षण गरिएका ७ जनालाई कोरोना देखिएको छ। 

प्रदेशमा १० दिन अघिसम्म सक्रिय कोरोना संक्रमितको संख्या २ थियो। १० दिनको अन्तरालमा प्रदेशमा सक्रिय संक्रमितको संख्या १११ पुगेको छ । 

प्रदेशमा सवैभन्दा बढी मोरङमा कोरोना संक्रमित देखिएका छन्।

आइतबार २ बजे सम्मको तथ्यांक अनुसार मोरङमा ४९ जना कोरोनाका सक्रिय संक्रमित छन्। जसमध्ये विराटनगर महानगरपालिकाका ४४ जना छन्।

हिजो दुई दिनअघि जिल्ला कारागार मोरङमा उच्च ज्वरोका बिरामी देखिएपछि कोरोना परीक्षण गरिएको थियो। 

परीक्षण गरिएका मध्ये ५४ जना कैदी बन्दीलाई कोरोना पोजेटिभ पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी कासीराज दाहालले बताए। 

पहिलो दिन परीक्षण गर्दा १९ जनामा पोजिटिभ देखिएकोमा आज ३५ जनालाई संक्रमण देखिएको छ। संक्रमित भएका सबै कैदी बन्दीलाई कोसी कोभिड अस्पतालमा भर्ना गरिएको छ। कारगारमा पनि आइसोलेशन सेन्टर स्थापना गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार लक्षण देखिएकालाई आइसोलेसन सेन्टरमा राख्ने र परीक्षण पछि कोभिड अस्पतालमा लाने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .