ad ad

राजनीति


एमालेका एम. अधिकारी प्रकरण : गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

एमालेका एम. अधिकारी प्रकरण : गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह


नेपालखबर
असार २९, २०७९ बुधबार १३:७, काठमाडौँ

सत्तारुढ नेकपा माओवादीको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ। 

गभर्नर अधिकारी एम. अधिकारीको नाममा प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको खुलेपछि अखिल क्रान्तिकारीले आपत्ति जनाएको हो। 

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बुधबार विज्ञप्ति जारी गरी नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा (क) मा  ‘गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति ‘राजनैतिक दलको सदस्य वा पदाधिकारी’ भएमा नियुक्त हुन अयोग्य हुने छ’ उल्लेख रहेको भन्दै उनको बर्खास्तगी माग गरेको हो।

‘उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८, को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकारसमक्ष हामी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

अन्यथा कडा आन्दोलन थालिने चेतावनी पनि क्रान्तिकारीले दिएको छ। 

गभर्नर विगतदेखि नै विभिन्न विवादमा मुछिएको आरोप लगाउँदै अखिल क्रान्तिकारीले केही समयअघि उनलाई सरकारले पदबाट हटाउने निर्णय गर्नु सही रहेको दाबी पनि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .