सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।
स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा गर्न दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
यसअघि आइतबार काठमाडौंको विशालनगरमा नेता शेखर कोइराला समूहको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
हिजोको बैठकमा पार्टीको भातृ संस्था र विभागलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि छलफल भएको थियो।
12
Shares

प्रतिक्रिया