बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोधमा उठ्ने बताइसकेको छ।
शर्माले बोल्ने भएपछि एमाले विरोधमा उत्रिने तयारीमा लागिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री र सचेतकहरुसँग संवाद गरेका हुन्।
उनले संसद बैठकअघि मन्त्री र सचेतकसँग संसद भवनमा छलफल गरिरहेका छन्।
संसद भवनमै सापकोटा अहिले सदन सञ्चालनबारे छलफलमा जुटेका हुन्।
बिहान ११ बोलाइएको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन लागेका थिए।
तर बिहान ११ बजेको बैठक विवादबीच बस्न नसकेपछि सारिएको हो। शर्मालाई रोक्ने गरी एमालेले संसद बैठक चल्न नदिने भएपछि सभामुख छलफलमा जुटेका हुन्।
246
Shares
प्रतिक्रिया