कारोबार


साझाले महिला चालक र सहचालकलाई प्राथमिकता दिने

साझाले महिला चालक र सहचालकलाई प्राथमिकता दिने

तस्बिर : साझा यातायात


नेपालखबर
असार २२, २०७९ बुधबार १३:११, काठमाडौँ

साझा यातायातले विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकलाई प्राथमिकता दिने भएको छ। 

साझा यातायातले तीनवटा नयाँ विद्युतीय बस सञ्चालनका लागि महिला जनशक्ति तयार पारेको जानकारी दिएको छ। 

हाल चारजना महिला चालक र ५ जना महिला सह चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिई रहेको जनाएको छ।  

साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि अन्तराष्ट्रिय टेन्डर आह्वान गरेको थियो।

जसमा चिनियाँ कम्पनी सीएचटीसीका बस खरिद सम्झौता गरेको छ। त्यसमध्ये ३ वटा बस परिक्षणका लागि नेपाल आइसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad