नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा विभाजनको प्रमुख दोष आफ्नो नभएको बताएका छन्।
कम्युनिष्ट विचारधारा बोकेको नयाँ पार्टी घोषणा गर्ने क्रममा मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै उनले यस्तो बताएका हुन्।
'मैले पार्टी विभाजन गरेको होइन। तर विभाजनको एउटा हिस्साको जिम्मेवार हुँ', उनले भनेका छन्, 'किनभने म त्यो पार्टीको सचिवालयमा म वरिष्ठ सदस्य थिएँ। मैले बाहिर हाम्रो पार्टी छ, भित्रबाट छैन को अवस्थामा पुगेका कारण अझ सक्रिय हुन भनेको थिएँ।'
उनले तत्कालीन अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व मा एउटा गठबन्धन बन्दा समर्थन गरेको पनि बताएका छन्।
तर पार्टी नै तर विभाजन हुने भएपछि त्यसबाट आफू अलग भएको तर्क उनले गरे।
'विभाजनमा मेरो हात थिएन भनेर मैले भन्दिनँ। राष्ट्रिय सभामा म बाध्यताले गएको थिएँ', उनले थपे, 'मैले जान्न भनेँ, तर किन जान्न भने भन्दा राष्ट्रियसभा र प्रतिनिधि सभामा विभेद थियो। म प्रधानमन्त्री हुनुपर्छ भनेर त्यसबेला पार्टीको सचिवालयको सर्वसम्मत निर्णय हो। तर सबैले मेरै बदनाम हुने गरी वामदेवको महत्त्वाकांक्षा भनेर प्रचार गरिदिए।'
Shares

प्रतिक्रिया