नेकपा विभाजनदेखि मूलधारको राजनीतिबाट विश्राम लिएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नामको नयाँ पार्टी घोषणा गरेका हुन्।
घोषित नयाँ पार्टीमा वामदेव आफैं संयोजक छन्। उनले डीबी कार्कीलाई सचिव तोकेका छन्।
उता सचिवालय सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन्।
सचिवालयमा अर्का एकजना सदस्य पछि थपिने प्रचार विभाग प्रमुखसमेत रहेका निमकान्त पाण्डेले बताएका छन्।
वामदेवको केन्द्रीय कमिटी ७४ सदस्यीय हुने पाण्डेले बताएका छन्।
गौतमको पार्टीले अन्य पार्टीहरूसँग एकता सम्वादका लागि आफ्नै संयोजकत्वमा समिति बनाएका छन्।
गौतमको संयोजकत्वमा रहने वार्ता टोलीमा सचिवालयका सदस्यहरुलाई राखेर टोली बनाइने भएको छ।
पार्टीको आन्तरिक कार्यक्रम अन्तर्गत विधानसम्मत रुपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संग सामुदायिक संगठन र पेशागत संगठन पनि निर्माण गरिने जनाइएको छ
यो पार्टी समन्वय समितिका रुपमा रहँदासम्मका लागि केन्द्रीय सचिवालय बनाउने घोषणा गरिएको हो।


Shares

प्रतिक्रिया