नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले आफ्नो कार्यकालको पहिलो निर्णय उपत्यकाको सम्पदासँग जोडिएको विषयमा गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा पहिलो निर्णय श्रेष्ठले सम्पदा पदमार्गबारे गरेका हुन्।
'म सांसद हुँदा पनि काठमाडौं उपत्यकाका विभिन्न पदमार्ग निर्माणका लागि अध्ययन गर्ने कुार भएको थियो। यो वर्ष हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग बनाउने पहिलो निर्णय गरेको छु', उनले भने, 'त्यसका अतिरिक्त उपत्यकामा विभिन्न पदमार्ग छन् तिनको अध्ययन गरेर काम गर्नेछौँ।'
उनले उपत्यकाको सांस्कृति महत्व झल्काउने सम्पदा जोड्न पदमार्ग बनाउन लागिएको बताए। 'अहिलेलाई विश्व सम्पदा सूचीमा रहेका दुईवटा ठाउँ (हनुमान ढोका र स्वयम्भू) जोड्ने सम्पदा मार्ग निर्माण अघि बढ्नेछ।'
Shares

प्रतिक्रिया