ad ad

राजनीति


माधव नेपालबारे योगेशले भने : एमाले नफुटाऊँ भन्दा मानेनन्, अब पश्चतापको दिन आउँदैछ

माधव नेपालबारे योगेशले भने : एमाले नफुटाऊँ भन्दा मानेनन्, अब पश्चतापको दिन आउँदैछ

नेपालखबर
असार १०, २०७९ शुक्रबार १३:३८, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधवकुमार नेपाललाई पार्टी विभाजन नगरौँ भनेर आफूले गरेको अनुनयविनयलाई अस्वीकार गर्दा अहिले संकटमा फसेको बताएका छन्। 

समाजवादीका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपालको निर्णयलाई चुनौती दिँदै संसदीय दल बैठक नै बोलाउन माग गरेपछि भट्टराईले आफ्नो धारणा ल्याएका हुन्। 

तत्कालीन नेकपा विभाजनअघि र एमाले ब्यूँतिएपछि पनि नेपालको साथमा रहेका भट्टराईले एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताएका छन्। 

'एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा ऊबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनयविनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क पुष्टि हुँदैछ', उनले भनेका छन्, 'नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ।' 

उनले माधव नेपाललाई प्रयोग गरेर  कम्युनिष्ट आन्दोलन तहसनहस पार्न खोजिएको पनि बताएका छन्। 

'हेर्दै जाऊँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ', उनले भनेका छन्, 'आत्माबोध र पश्चातप : सिर्फ कहिले?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .