ad ad

ग्लोबल


युक्रेनमा ‘विशेष सैन्य कारबाही’ भूमि कब्जाका निम्ति होइन : पुटिन

युक्रेनमा ‘विशेष सैन्य कारबाही’ भूमि कब्जाका निम्ति होइन : पुटिन

नेपालखबर
असार १०, २०७९ शुक्रबार १३:४६, काठमाडौँ

युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको  छ। 

युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्। 

औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने किएभको चाहना स्वीकृत भएको छ।

यद्यपि उसलाई संघको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ।

संघमा  युक्रेनको उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ।

रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका सहरको प्रतिरक्षामा जुटाकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ। 

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन सुरू गरेको ‘विशेष सैन्य कारबाही’ युक्रेनी भूमि कब्जाका निम्ति नभएको बताएका छन्। 

सत्ताइस सदस्यीय सङ्घमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवार भएका बताएका छन्। 

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रूसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन्। रूसबाट ग्यास आपूर्तिमा कटौती हुँदा  धेरै युरोपेली देश प्रभावित भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .