ad ad

राजनीति


चाँडै मन्त्रिपरिषद् हेरफेर हुन्छ : सांसद श्रेष्ठ

चाँडै मन्त्रिपरिषद् हेरफेर हुन्छ : सांसद श्रेष्ठ

नेपालखबर
असार ७, २०७९ मंगलबार १७:५३, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्।

मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए। 

उनले मन्त्री परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए। 

एकीकृत समाजवादीबाट मन्त्री बन्ने लाइनमा रहेका उनले मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने बताए। 

उनले भने, ‘जुन खालको हाम्रो संसदीय प्रणाली छ। त्यो भन्दा यताउता हुने कुरा हुँदै हुदैन। दुई, चार दिन ढिला, चाँडो हुने कुरा एउटा हुनसक्छ। गठबन्धन भित्र कतिपय कुराहरुलाई एउटा समझदारी बनाउनुपर्ने पनि हुनसक्छन्। गठबन्धनमा रहेका दलहरु सबै स्वतन्त्र छन्। दलहरुले आफ्नो निर्णय गर्ने हो। त्यही अनुसार गठबन्धनको नेतृत्वले कार्यान्वयन गर्ने हो। त्यही अनुसार नै हुन्छ। त्यसमा कुनै दुविधा मान्नुपर्ने मैले देखेको छैन। चाडै नै हाम्रो पार्टीले गरेको निर्णय अनुसार नै प्रक्रिया अगाडि बढ्छ र हेरफेर हुन्छ।’ 

सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालले एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफुलाई गराएको बताए।

उनले भने, ‘मलाई हाम्रो पार्टीको अध्यक्षले के जानकारी गराउनु भएको छ भने अब एक, दुई दिन भित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .