ad ad

कारोबार


अमेरिकन चेम्बर अफ कमर्सद्वारा प्रगति बैठक आयोजना

अमेरिकन चेम्बर अफ कमर्सद्वारा प्रगति बैठक आयोजना

नेपालखबर
असार ७, २०७९ मंगलबार १७:४०, काठमाडौँ

नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले यस हप्ता आफ्ना सदस्यहरूका लागि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ।  

कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए्र। 

यस चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ।

समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरू बीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्न सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .