राजनीति


एसपीपी अघि बढाउँदा सेनाले राजनीतिक नेतृत्व र सरकारलाई ढाँट्यो : प्रदीप ज्ञवाली

एसपीपी अघि बढाउँदा सेनाले राजनीतिक नेतृत्व र सरकारलाई ढाँट्यो : प्रदीप ज्ञवाली

नेपालखबर
असार ४, २०७९ शनिबार २०:१५, काठमाडौँ

नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एसपीपी अघि बढाउँदा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दावी गरेका छन्। 

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रक्षा मन्त्रालयलाई त्यस प्रक्रियाबारे के गर्ने भनेर नेपाली सेनाले अनुरोध गरेको खुलाए।

मन्त्रालयको प्रतिनिधिलाई पनि सामेल गराएर त्यस प्रक्रिया अघि बढाउनु भनेपछि अघि बढाएको देखिएको उनले बताए। 

उपमहासचिव ज्ञवालीले २०७२ साल असोज १३ गते त्यो प्रक्रिया अघि बढाउनू भन्ने निर्देशन दिँदा तत्कालीन रक्षामन्त्री सुशील कोइराला रहेको पनि बताए। 

नेपाली सेनाले अमेरिकी राजदूतावासलाई त्यस प्रोग्रामबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भए पनि कुनै जानकारी नदिइएको बताए। 

‘नेपाली सेनाले एसपीपीबारे निर्देशन पाऊँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो । तर, संविधान, कानुनअनुसार तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन', उनले भने, 'जंगी अड्डाले पत्र पठायो । रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको पाइयो ।'

ज्ञवालीले त्यसपछि सेनाले पत्राचार गरेको खुलाए। उनले यो कुरामा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको लिखित प्रमाण नरहेको पनि बताए। 'सम्भवतः सेनाले ठान्यो–रक्षा मन्त्रालयले गो अहेड भनेको छ,’
उनले भने।

उपमहासचिव ज्ञवालीले नेपालको परराष्ट्र नीति सही भए पनि त्यसको व्यवहारिक प्रयोगमा कठिनाई हुने गरेको पनि स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .