ad ad

राजनीति


प्रदेश १ को नामाकरणबारे छलफल शुरु

प्रदेश १ को नामाकरणबारे छलफल शुरु

सुमन पुरी
जेठ ३१, २०७९ मंगलबार १८:२५, विराटनगर

प्रदेश १ को नामाकरणको विषयमा आन्तरिक छलफलले तीब्रता पाएको छ।  

नेकपा एमालेले प्रदेश १ को नामकरणको बारेमा सहजीकरण गर्न तात्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा समिति बनाएसँगै समितिले छलफललाई तीब्रता दिएको हो।

प्रदेश १ सरकारले नामको बारेमा सहजीकरण गर्न जिम्मेवारी दिएका  स्वास्थ्यमन्त्री जयराम यादव र कार्की बिचमा छलफल भएको छ।  

मन्त्री यादव जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत हुन्। 

शुक्रबार नेपाली कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसँग छलफल भएको थियो। 

छलफलका क्रममा  दुवै नेताका बीचमा यही बजेट अधिवेशनबाट अन्य दलहरुसँग पनि छलफल गरेर प्रदेशको नामाकरणलाई सार्थक निश्कर्षमा पुर्याउने सहमती भएको सहजीकरण समितिका संयोजक कार्कीले जानकारी दिए।

सरकारको तर्फबाट सहजीकरणको जिम्मेवारी पाएका स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले एमालेले समिति बनाएपछि अब नामको विषय सहज हुने बताए। 

‘शुरुदेखि नै एमालेको कारण प्रदेशको नामकरणको विषय रोकिएको थियो’ उनले भने, ‘अहिले एमालेको सक्रियता निक्कै बढेको देखिएको छ। यो गतिले नाम निष्कर्षमा पुर्याउन सकिन्छ।’   

एमालेको सहयोगमा सरकार पक्षसहित सबै पक्षसँग छलफल गरेर नामको विषय टुंगो लगाइने उनले बताए।

‘सत्तापक्षका दलहरुका बिचमा आन्तरिक छलफल भइरहेको थियो’ उनले भने, ‘एमालेको सहयोगको आवश्यकता पर्छ। अहिले एमालेले तदारुकता देखाएर अघि बढेको देखिएको छ, यसले हामीलाई सहज बनाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .