धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेस र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो पटक आज (सोमबार) बिहान सार्वजनिक मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २१ हजार ३ सय ११ मत पाएका छन्। नेकपाका प्रकाश राईले २० हजार ८ मत पाएका निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।
पछिल्लो समय नेकपाले मतान्तर घटाउँदै लगेको छ। तर, अहिले पनि कांग्रेस उम्मेदवार नेकपाभन्दा एक हजार तीन सय तीन मतले अगाडि छन्। अब करिब १० हजार मत गन्न बाँकी छ।
शनिबार भएको उपनिर्वाचनमा धरानमा ५५ हजार ११ मत खसेको थियो।
अहिलेसम्म ४४ आठ सय ८९ मत गणना भइसकेको छ। अब उनमहानगरपालिकाको १, २, ३, ५ र ७ नम्बर वडाको मत गन्न बाँकी छ।
धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तारा सुब्बाको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
सुब्बा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए।
गत निर्वाचनमा एक्लै चुनाव जितेको एमाले यसपटक माओवादीसँग एकता गरेपछि पनि विजय कठिन देखिएको छ।
Shares

प्रतिक्रिया