छापा खबर


अनमोल र नम्रतालाई दोहोरो सफलता

अनमोल र नम्रतालाई दोहोरो सफलता

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १:५७,

अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठलाई एक साताभित्र आयोजित दुई फिल्म अवार्डमा दोहोरो सफलता मिलेको छ।

जापानमा गत साता आयोजित सूर्य इन्टरनेसनल अवार्डमा अनमोलले फिल्म ‘क्याप्टेन’ बाट पपुलर अवार्ड उचालेका थिए भने नम्रताले ‘प्रसाद’बाट अभिनेत्रीतर्फको क्रिटिक्स अवार्ड।

त्यसको एक सापछि शनिबार अमेरिकामा भएको ग्लोबल नेपाली फिल्म अवार्डमा पनि अनमोलले पपुलर एक्टरकै अवार्ड जित्दा अभिनेत्रीतर्फ नम्रता नै भाग्यमानी बनिन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

अनमोलको ‘क्याप्टेन’पछि ‘ए मेरो हजुर ३’ रिलिज भएको थियो भने नम्रताको ‘प्रसाद’ पछि ‘जायरा’ आएको थियो। अनमोल र नम्रताले फिल्ममा एकसाथ स्क्रिन सेयर भनेका गरिसकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad