ad ad

राजनीति


प्रधानमन्त्री देउवालाई भेटेलगत्तै अमेरिकी जनरल फ्लिन राष्ट्रपति कार्यालयमा

प्रधानमन्त्री देउवालाई भेटेलगत्तै अमेरिकी जनरल फ्लिन राष्ट्रपति कार्यालयमा

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १४:२९, काठमाडौँ

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका छन्। 

भेटवार्तामा नेपाल–अमेरिका सुरक्षा सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो। 

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएकाे छ। 

त्यस अवसरमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गरे।

एक महिनापछि हुन लागेकाे प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमणअघि अमेरिकी सेनाका वरिष्ठ अधिकारीले देउवासँग अर्थपूर्ण भेट गरेका हुन्। भेटमा नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख म्यानुअल मिकलर सहभागी थिए।

प्रधानमन्त्री देउवालाई भेटेलगत्तै फ्लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

बिहीबार चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ।

गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय जानेछन्। त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगत्तै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ। शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .