ad ad

राजनीति


अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको भ्रमण तालिका : माउन्टेन फ्लाइटदेखि शिवपुरी ब्यारेकसम्म

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको भ्रमण तालिका : माउन्टेन फ्लाइटदेखि शिवपुरी ब्यारेकसम्म

उजिर कार्की
जेठ २५, २०७९ बुधबार २१:४२, काठमाडौँ

बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।

बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बस्ने छन्। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन्।

शुक्रबार बिहानको खानापछि नेपाली सेनाको मुख्यालय जाने तय भएको छ। सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नेपालखबरलाई जानकारी दिए।

गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय जानेछन्। त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगतै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ।

शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजमा सहभागी भएसँगै फ्लिनका त्यो दिनका कार्यक्रम सम्पन्न हुनेछन्।

२८ गते शनिबार बिहान यी अमेरिकी पाहुना हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन्। माउन्टेन फ्लाइटपछि एभरेष्ट भ्यु होटलमा ब्रेकफास्टको कार्यक्रम तय भएको छ। त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।

जेठ २९ गते आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। बिहानको खाना पनि त्यहीँ हुनेछ। बिहानको खानापछि सिधै उनलाई शिवपुरी लगिने प्रवक्ता शिलवालले जानकारी दिए।

नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्ने छन्।

शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उनी स्वदेश फर्किने छन्।

इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन चारदिने भारत भ्रमण सम्पन्न गरेर नेपाल आउन लागेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमण तय भइसकेको अवस्थामा अमेरिकी सेनाका उच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .