बागलुङ क्षेत्र नम्बर २ (ख) मा भएको उप निर्वाचनको मतगणनाको सुरुवाती चरणमा वाम गठबन्धनले अग्रता लिएको छ।
निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान मावि केन्द्रमा खसेको मतगणना गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले २ हजार ९ सय ६४ मत लिएका छन् भने कांग्रेसका जित शेरचनले २ हजार ६ सय २९ लिएका छन्।
समाजवादी पार्टीका अशोक विकले १ सय ३१, स्वतन्त्र–क्लिप चिन्हमा ४८ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी १५, राप्रपा संयुक्तले ११, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २, राष्ट्रिय जनमुक्ति पार्टीले ६ लिएको छ भने १०७ मत बदर भएको छ।
२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए। घर्तीकाे निधन भएपछि यहाँ उपनिर्वाचन भएकाे हाे।

प्रतिक्रिया