राजनीति


प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा

नेपालखबर
जेठ २५, २०७९ बुधबार १६:२५, काठमाडौँ

प्रधानमन्त्री पत्नी आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। 

स्रोतका अनुसार राणा मंगलबार अपरान्ह नयाँ दिल्ली उत्रिएकी हुन्। उनी उपचारका सिलसिलामा त्यहाँ पुगेकी हुन्। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनको उपचार शुरु भएको स्रोतले बतायो। 

प्रधानमन्त्री पत्नी आरजुको भ्रमणबारे परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई केही दिनअघि मात्रै जानकारी गराएको थियो। 

निजी उपचारका लागि भारत गएको बताएपनि आरजुले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायत नेतासँग भेट्ने सम्भावना रहेको वालुवाटार स्रोतले उल्लेख गरेको छ। 

आरजु गत जनवरीमा पनि नयाँ दिल्ली गएकी थिइन्। भाइको उपचारका लागि दिल्ली गएको बताएकी राणाले त्यसबेला भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटेकी थिइन्। त्यसबेला प्रधानमन्त्री देउवाको भारत भ्रमणका लागि तयारी भइरहँदा धेरैले आरजुको भ्रमणलाई देउवा भ्रमणकै पाटो भनेका थिए।

यद्यपी कोरोना महामारीका कारण भ्रमण हुन सकेन र देउवा गत अप्रिल १ मा मात्रै भारत भ्रमणमा गए। 

आरजुले भारतीय जनता पार्टीका नेतासँग व्यक्तिगत तहमा सम्बन्ध विस्तारको प्रयास गरिरहेको देखिन्छ। उनी र भाजपाका चौथाइवालेबीच ब्यक्तिगत सम्बन्ध सुमधुर रहँदै आएको बताइन्छ। 

चौथाइवाले गत अगस्ट तेश्रो साता नेपाल आएका बेला आरजुले रक्षाबन्धन बाँधिदिएको विषयले निकै चर्चा पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad