राजनीति


फिदिम–१ नेकपा, हिलिहाङ–७ मा कांग्रेस विजयी

फिदिम–१ नेकपा, हिलिहाङ–७ मा कांग्रेस विजयी

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ६:५६,

उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ।

फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गजाधर भट्टराई विजयी भएका छन् भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली कांग्रेसका तिलविक्रम इधिंगो विजयी भएका छन्।

फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गरे।

भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ।

हिलिहाङ–७ मा कांग्रेसका इधिंगोले ३० मतको अन्तरले विजय हासिल गरेका हुन। उनले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad