राजनीति


नेकपा र कांग्रेसको विवादका कारण हुम्लाको खार्पुनाथमा मतगणना हुन सकेन

नेकपा र कांग्रेसको विवादका कारण हुम्लाको खार्पुनाथमा मतगणना हुन सकेन

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ७:८,

खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन।

उपाध्यक्ष पदका लागि शनिबार भएको मतदान भएको थियो। आइतबार बिहान ८ बजेदेखि मतगणना शुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो।

राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो।

बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ।

गाउँ पालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कडा प्रतिस्पर्धा देखिएको छ। खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ।

नेकपा र कांग्रेसबीच विवाद

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच ढुंगामुढा भएको छ। शनिबार उपनिर्वाचनमा मतदान गरिसकेका स्थानीयवासीले आइतबार बिहान नेकपाका नेता तिजबहादुर शाहीको घरमा ढुंगामुढा गरेपछि विवाद भएको नेकपाका गाउँ कमिटी अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

अहिले दुवै पक्षबीच भएको विवाद सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad