कारोबार


रसुवागढी जलविद्युतकाे काम द्रुतगतिमा

रसुवागढी जलविद्युतकाे काम द्रुतगतिमा

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ६:५६,

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माणकार्य द्रुतरूपमा अगाडि बढेको छ ।

सन् २०२० को फेब्रुअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाका कार्यरत ३० भन्दा बढी प्राविधिक अह्रोरात्र काममा खटिरहेका छन्। आयोजनाका आयोजना प्रमुख छवि गैरेका अनुसार हालसम्म निर्माणको समग्र प्रगति ७१ प्रतिशत पूरा भएको छ।

रसुवागढीमुनि बाँध बाँध्ने, पोखरीमा बालुवा थिग्ग्रयाउने (डिसेन्ड्री) र विद्युत्गृह निर्माणको काम धमाधम अगाडि बढेको हो। चार हजार १८५ मिटरको हेडरेस सुरूङ भने गत वर्ष निर्माण सम्पन्न भइसकेको थियो।

चार वर्षको अवधिमा निर्माणकार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढेको सो आयोजनाका लागि चाहिने सामान ढुवानी गर्न राजमार्गहरूमा हुने पहिरा र भूकम्पको असरजस्ता कारणले निर्माणमा ढिलाइ हुँदै आएको थियो।

निर्माण लागत रू १३ अर्ब ६१ करोड ४० लाख रहेको आयोजनाको सुरूङभित्र पानी पठाउन बाहिरी सतहको भोटेकोशीमा एउटा बाँध रहने र विद्युुत्गृह, बालुवा थिग्ग्रयाउने पोखरीसमेतका भूमिगत संरचना रहनेछ । सो आयोजनाबाट वार्षिक रू ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने प्राविधिकहरूले बताएका छन्।

टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहने सो गृहमा तीन फ्रान्सिस नामको टरवाइन जडान गर्ने कामसमेत तीव्ररूपमा अगाडि बढेको छ। बाँध बाँधिएको स्थल भोटेकोशीदेखि प्रतिसेकेण्ड ८० घनमिटर विद्युत्गृहमा पुग्ने बताइएको छ।

आयोजनाको निर्णाणस्थल कडाखाले पहाडभित्र रहेका कारण भोटेकोशीमा आउन सक्ने बाढी, भूक्षय, भूकम्प तथा चट्याङजस्तो कुनै पनि प्राकृतिक प्रकोपले असर नपार्ने प्राविधिकहरूले बताएका छन्।

साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गत दुई चरणमा निर्माण भइरहेको विद्युत् संरचनामध्ये १४ दशमलव ८ मेगावाटको माथिल्लो जलविद्युत् आयोजनाको समग्र निर्माणकार्य ८५ पूरा भई विद्युत्गृहको निर्माणकार्य भइरहेको छ।

एक हजार ३०० मिटर सुरूङमार्गको सहायताले सिम्बुगाउँमा पानी ल्याई चालू आर्थिक वर्षभित्र विद्युत् उत्पादन गरिसक्ने साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतले जानकारी दिए। कुल ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माणकार्य पनि धमाधम अघि बढेको छ ।

तीन हजार ६७१ मिटर हेड्रेरेस सुरूङमध्ये तीन हजार ३९२ मिटर निर्माण सम्पन्न भई ७३ प्रतिशत काम पूरा भएको साञ्जेन आयोजनाका आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताउनुभयो । निर्माणाधीन ४२.५ मेगावाट तल्लो साञ्जेन आयोजनाले अबको डेड वर्षभित्र उत्पादन दिइसक्ने अपेक्षा गरिएको छ।

एउटै खोलाको पानीबाट सञ्चालन हुने यी दुवै आयोजनाका संरचना अर्धभूमिगतरूपको हुने बताइएको छ। निर्माणको किसिम भने पानी ल्याउने हेडरेस भूमिगत सुरूङ एवं विद्युत्गृह बाहिरी सतहमा हुने आयोजनाका सहप्रबन्धक गुरूदास अमात्यले बताए।

गोसाइँकुण्ड गाउँपालिका–५ मा निर्माण हुने २० मेगावाट लाङटाङखोला एवं थुमन तथा बृद्विम क्षेत्रको आधार इलाकामा निर्माण हुने १२० मेगावाट भोटेकोशी जलविद्युत् आयोजना निर्माणका लागि प्रवेशमार्ग निर्माण भइरहेको छ ।

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकामा निर्माण हुने माथिल्लो त्रिशुली वान नामक २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको भने सबै प्रक्रिया पूरा भई अब स्थलगतरुपले निर्माणको चरणमा अगाडि बढेको आयोजनाका निर्देशक गिरीराज अधिकारीले जानकारी दिए।

रसुवा र नुवाकोट दुई जिल्लाको आधार इलाकामा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण भएको ६० मेगावाट क्षमताको माथिल्लोे त्रिशूली थ्री–ए आयोजनाको निर्माणकार्य सम्पन्न भई उत्पादन र खपत शुरु भइसकेको छ ।

विसं २०६० भदौ ८ गतेबाट उत्पादत शुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र २०७१ मा निर्माण भएको पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्रले लक्ष्यअनुसार उत्पादन दिइरहेको जनाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad