राजनीति


कास्कीमा ६ हजार मतले विद्याको अग्रता

कास्कीमा ६ हजार मतले विद्याको अग्रता

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ६:१३,

शनिबार कास्की क्षेत्र नम्बरमा सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मत गणनामा सत्तारूढ नेकपाकी विद्या भटराईले झण्डै ६ हजार मतले अग्रता कायम राखेकी छिन्।

अलिहेसम्मको मत परिणामअनुसार नेकपाकी भट्टराई ११ हजार ८८९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ५ हजार ९५७ मत प्राप्त गरेका छन्।

३३, २१, २० र १७ गरी चार वडाको मत गणना हुँदा नेकपाकी विद्याले मतान्तर बढाउँदै लगेकी हुन्। पछिल्लो मत परिणमअनुसार विद्याले ५ हजार ९५७ मतले अग्रता कायम गरेकी हुन्।

निर्वाचन आयोगका अनुसार सो निर्वाचन क्षेत्रमा जम्मा मतदाता ७१८७१ रहेकोमा ४५५६३ मत (६३.४० प्रतिशत) खसेको थियो। ती मध्ये पुरुष २०७८४ र महिला २४७७९ हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad