कालापानी लगायतका क्षेत्रमा भारतले गरेको अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाले ‘कालापानी मार्च’ सञ्चालन गर्ने भएको छ।
भारतले हालै जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्र समेटेको विरोधमा मार्च गर्न लागिएको राजमोले जनाएको छ।
राजमो सुदूरपश्चिम प्रदेश समितिले बुधबारदेखि धनगढीबाट दार्चुलासम्म ‘कालापानी मार्च’ गर्ने जनाएको छ। राजमोले मंसिर ११ देखि १७ गतेसम्म धनगढीदेखि दार्चुला हुँदै महेन्द्रनगरसम्म मोटरसाइकल र्यालीको आयोजना गरेको हो।
त्यसक्रममा धनगढी, अत्तरिया, बुडर, डडेल्धुरा, सतबाँझ, गोकुलेश्वर, दार्चुला लगायतका स्थानमा विरोध सभा हुनेछ।
मंसिर १७ गते महेन्द्रनगरमा हुने समापन समारोहलाई अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको राजमो सुदूरपश्चिम राज्य समितिका अध्यक्ष नन्दराज भट्टले जानकारी दिए।
प्रतिक्रिया